अक्षर पटेलको ठाउँमा रविचन्द्रन आश्विनले विश्वकप खेल्ने

0

१२ असोज, काठमाडौं । भारतका बायाँ हाते स्पिनर अक्षर पटेलको ठाउँमा अफस्पिनर रविचन्द्रन आश्विनले विश्वकप क्रिकेट खेल्ने भएका छन् ।

तिघ्राको मांशपेसीमा समस्या भएका अक्षरलाई निको हुन अझै ३ हप्ता लाग्ने भएकाले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईले उनको ठाउँमा आश्विनलाई टोलीमा राखेको हो ।

अक्षर चोटमुक्त हुने विश्वासमा उनलाई यसअघि घोषित १५ सदस्यीय टोलीमा समावेश गरिएको थियो । तर अपेक्षा अनुसार उनको फिटनेशमा सुधार नभएपछि परिवर्तन गरिएको हो ।

भारतमा हुन लागेको विश्वकपका लागि टिम छनोट गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सेप्टेम्बर २८ सम्मको समय दिएको थियो । त्यो समय भित्रै भारतले खेलाडी परिवर्तन गरेको हो ।

अब खेलाडी परिवर्तन गर्नका लागि भने उचित कारणसहित आईसीसीमा आवेदन दिएपछि विश्वकपको प्राविधिक समितिको पूर्वस्वीकृती आवश्यक हुन्छ ।

५ अक्टुबरमा सुरु हुने विश्वकप क्रिकेटको फाइनल खेल १९ नोभेम्बरमा हुने छ । आयोजक भारतले आफ्नो पहिलो खेल ८ अक्टोबरमा अष्ट्रेलियासँग खेल्ने छ ।

भारतीय टिम :

रोहित शर्मा(कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसान, केएल राहुल, हार्दिक पाण्ड्या (उपकप्तान), सूर्यकुमार यादव, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज र कुलदीप यादव ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply