अनमोललाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

0

१४ असोज, काठमाडौं । काठमाडौं जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

दाहालका अनुसार हिरासत अवधि अनमोल पक्राउ परेको दिन शुक्रबारदेखि कै गणना हुने छ ।

फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले  अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।

प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply