एपेक्स अन्तर कलेज क्रिकेटमा ब्लुवर्डसँग फोनिक्स पराजित

0

१२ असोज,काठमाडौं । एपेक्स अन्तर कलेज क्रिकेट प्रतियोगितामा ब्लु बर्ड कलेजले फोनिक्स कलेजलाई ५ विकेटले पराजित गरेको छ ।

मुलपानी तल्लो मैदानमा भएको प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको फोनिक्सले १७ ओभरमा ९ विकेट गुमाउँदै १०० रन बनायो ।

१०१ रनको विजयी लक्ष्य पाएको ब्लु बर्डले १६.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

ब्लु बर्डका लागि निर्भिक अभिकारीले सार्वधिक ५१ रनसहितको अर्धशतकीय पारी खेले । सचिन लेखकले ३१ रन बनाए ।

फोनिक्सका लागि बलिङमा किरण चन्द र राजकुमार शाहले समान २/२ विकेट लिए ।

फिनिक्सका लागि क्रिस अर्यरले ३५ रन बनाए । विराज सिंह भण्डारीले १७ र समिर विष्टले १५ रन बनाए ।

ब्लुबर्डका लागि विपिन आचार्य र सुवास खत्री निकै प्रभावशाली रहे । यी दुवैले २/२ विकेट लिए । त्यस्तै, मेहोल श्रेष्ठले १ विकेट लिए ।

आज भएको खेलमा हार बेहोरे पनि फोनिक्स कलेज समुह ए को शीर्ष स्थानमा छ । आजको जितसँगै ब्लुवर्ड भने १ खेलबाट २ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply