गुप्तेश्वर गुफामा पर्यटकको स्वागत

0

पोखरा । विश्व पर्यटन दिवस २०२३ अवसरमा पोखरा १७ स्थित गुप्तेश्वर महादेव गुफाले पहिलो विदेशी पर्यटकलाई खादा मालाले सम्मान गर्दै स्वागत गरेको छ ।

गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बास्तोलासहित पदाधिकारी तथा सदस्यले पहिला घुम्न आउने भारतीय पर्यटकहरुलाई फूलमालाले स्वागत गरेका थिए ।

डा. सुरत ठाकुर, प्रो. रगजोध सिंह र प्रताप सिंह अरनोटले गुफामा रहेको आगन्तुक पुस्तिकामा आफूरुलाई सबैभन्दा पहिला पुगेको अवसरमा बिहानै स्वागत गर्नु भएको याद कहिलै नबिर्सने भनी धन्यवाद व्यक्त गरे ।

पोखरा र गण्डकी प्रदेशकै सबैभन्दा धेरै पर्यटक घुम्न मन पराउने पर्यटकीय स्थान गुप्तेश्वर महादेव गुफामा कोरोनाले पनि असर गरेकोमा अहिले धेरै राम्रो हुँदै गएको गुफा व्यवस्थापन समिति अध्यक्ष बास्तोला बताउँछन् ।

Leave a Reply