छोरेपाटन सहकारीको सभा

0

पोखरा । पोखरा १७ छोरेपाटनमा रहेको छोरेपाटन बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सभा उद्घाटन गरे । कार्यक्रममा पोखरा २२ का अध्यक्ष हिमलाल बराल, पोखरा १७ की वडा सदस्य विष्णुकुमारी भुजेल, सेयर सदस्य कर्णबहादुर थापा, निलगिरी बचत तथा ऋण सहकारीका अध्यक्ष लेखनाथ बराल (गोपी), सल्लाहकार देवीप्रसाद बस्याल, सहकारी विज्ञ दीपक प्रकाश आचार्यलगायतले शुभकामना मन्तव्य राखे ।

साधारण सभामा प्रशिक्षक भक्तराज रसाईलीले शेयर सदस्यहरुलाई संस्थागत विकास सम्बन्धि प्रशिक्षण दिएका थिए भने अध्यक्ष रवीन्द्रराज बरालको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष दिलबहादुर बरालको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक चिन्तामणि शर्माको प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको थियो ।

सचिव पदमा सहसचिव रामप्रसाद नेपाललाई र सहसचिव पदमा ईश्वर भट्टराईलाई सर्वसम्मत मनोनित गरिएको छ ।

संस्थाका अध्यक्ष रवीन्द्रराज बरालले पारस्परिक सम्बन्ध स्थापना गरी न्यूनतम जीवनयापन तथा आर्थिक आवश्यकता पूरा गर्ने उद्देश्यले २०६४ सालमा सहकारी स्थापना भएको बताउँदै विषम परिस्थितिका बाबजुद पनि सहकारीको मूल्य मान्यता र सिद्धान्तको आधारमा प्रचलित सहकारी ऐनको मार्ग निर्देशनलाई आत्मासात गर्दै सहयोग र सद्भाव कायम राख्दै सेयर सदस्यलाई सेवा दिइएको बताए ।

कार्यक्रमबीच ज्येष्ठ सेयर सदस्य चिन्तामणि शर्मा पौडेल, असल बचतकर्ताहरु देवीप्रसाद बस्याल, लीला पौडेल र बसुन्धरा शर्मा पौडेल, असल कारोबारकर्ताहरु बलबहादुर केसी र दिलकुमारी पौडेल, विद्यार्थीहरु सुदीक्षा बराल, सञ्जीव खत्री, प्रकृति पौडेल, विन पोख्रेल र प्रेमप्रसाद पौडेललाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष रवीन्द्रराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा उपसमितिका सदस्य प्रेमप्रसाद पौडेलले स्वागत र संयोजक थानेश्वर शर्मा पौडलले सञ्चालन गरेका थिए ।

Leave a Reply