पाकिस्तानलाई हराउँदै भारतले जित्यो यु–१९ साफ च्याम्पियनसिपको उपाधि

0

१३ असोज, काठमाडौं । पाकिस्तानलाई ३–० ले पराजित गर्दै भारतले तेस्रो पटक साफ यू–१९ च्याम्पियन बनेको छ ।

मालिङथन किप्गेनको २ गोल र गोगमसर गोयारीले अन्तिम समयमा गरेको गोलको मद्दतमा भारतले पाकिस्तानमाथि सहज जित हासिल गरेको हो ।

डिफेन्डिङ च्याम्पियन भारतले यो सहित तेस्रो पटक यू–१९ साप च्याम्पियनसिप जितेको हो । भारतले यसअघि सन् २०२२ र सन् २०१९ मा बंगलादेशलाई हराउँदै यो उपाधि जितेको थियो ।

शनिबार पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भारतका लागि ६४ औं मिनेटमा किप्गेनले गोल गरे । उनले पाकिस्तानका ५ जना भन्दा बढी डिफेन्डरलाई छलाउँदै गोल गर्न सफल भएका थिए । उनैले ८५ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै भारतको अग्रता दोब्बर पारे ।

त्यसपछि गोगमसिर गोयरीले थप गरिएको समयमा हेडमार्फत गोल गर्दै भारतको उपाधि सुनिश्चित गरे ।

खेलको अन्तिम मिनेटमा अलिजफले दोस्रो पहेंलो कार्ड पाएर मैदान छाडेपछि पाकिस्तान १० खेलाडीमा सीमित भएको थियो । त्यसैले खेलको अन्तिम मिनेट केही तनावपूर्ण बनेको थियो ।

यू–१९ साफ च्याम्पियनसिपमा पाकिस्तानको यो डेब्यू खेल हो । डेब्यू खेलमै ऊ फाइनल पुग्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply