पृथ्वीको आठौं महादेश जिल्याण्डिया कसरी बन्यो र डुब्यो ? यस्तो छ रहस्य

0

सन् १८२० मा एउटा रुसी जहाजका यात्रुहरुले क्षितिजमा अनौठो तरिकाबाट पेन्गुइनले ढाकेको बरफको एक विशाल किनारा देखे । यो फिम्बुल आइस शेल्फको पहिलो दृश्य थियो । अर्थात् त्यहीँबाटै एउटा नयाँ महादेश अन्टार्कटिकाको आधिकारिक खोज सुरु भएको थियो ।

यसले आधुनिक विचारलाई अझै धेरै बलियो बनायो, जसमा भनिएको थियो कि पृथ्वी सातवटा प्रमुख भूभागमा विभक्त छ ।

अंग्रेजीभाषी विश्वका अधिकांश मानचित्रहरुले अन्टार्कटिका पत्ता लाग्नु अगाडि नै त्यसको अस्तित्व स्वीकार गरिसकेका थिए । आज स्कुले विद्यार्थीहरु, खोजकर्ता, नेता तथा आम मानिस समेतले पृथ्वीको भूभागलाई यी सरल इकाइमा गरिएको विभाजनलाई अङ्गीकार गरिसकेका छन्, जस अन्तर्गत पृथ्वीको भूभाग एसिया, युरोप, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, अष्ट्रेलिया र अन्टार्कटिका गरी सातवटा महादेशमा विभक्त गरिएको छ ।

३७५ वर्षअघि नै आठवटा महादेश भएको भविष्यवाणी

तथापि सन् २०१७ मा यो कथाले एउटा अप्रत्यासित मोड लियो, जसमा भनियो कि सात महाद्वीपवाला मोडेल सदैव एउटा गल्तीको रुपमा रहेको छ । अष्ट्रेलियाको दक्षिण पूर्वमा लामो समयदेखि हराएको भूमिको एउटा टुक्रा जिल्याण्डिया पत्ता लागेसँगै सबैजनालाई आश्चर्यमा पारिदियो ।

जिल्याण्डियालाई पृथ्वीको बिर्सिएको आठौं महादेशको रुपमा मानिन्छ । वैज्ञानिकहरुले धेरै अगाडि देखि ने यो अज्ञात दक्षिणी भूभागको भविष्यवाणी गरेका थिए । तर यो ३७५ वर्षसम्म गायब भयो, किनकि यो करिब पूर्ण रुपमा पानीमुुनि १ देखि २ किलोमिटर तल डुबेको छ । अहिले चाहिं वैज्ञानिकहरुले यसमा रहेको रहस्यको पर्दा उठाउन थालेका छन् ।

वैज्ञानिकले सार्वजनिक गरे जिल्याण्डियाको नक्सा

यहीँ महिना शोधकर्ताहरुको एक अन्तराष्ट्रिय समूहले जिल्याण्डियाको अहिलेसम्मकै सबैभन्दा सटिक नक्सा जारी गरेको छ । यसमा पानीमुनिको क्षेत्रको सबै ५० लाख वर्ग किलोमिटर तथा यसको भूविज्ञानलाई सामेल गरिएको छ । यस प्रक्रियामा वैज्ञानिकहरुले उक्त रहस्यमय महाद्वीप कसरी बन्यो र यो पछिल्लो अढाई करोड वर्षदेखि छालको मुनि किन छिपिरहेको छ भन्ने कुराको समेत रहस्य खोज्ने प्रयास गरेका छन् ।

८ करोड वर्षअघि वर्षअघि भएको थियो जिल्याण्डिको निर्माण

वैज्ञानिकहरुका अनुसार यो आठौं महादेशको निर्माण करिब ८ करोड ३० लाख वर्ष पहिले लेट क्रेटेसियस कालमा भएको थियो । यद्यपि यसको यात्रा १० करोड वर्षअघि नै सुरु भएको थियो जब गोण्डवाना महाद्वीप टुक्रिन सुरु गर्‍यो । त्यसबेला गोण्डवाना महाद्वीपले आजको पृथ्वीको अधिकांश भूभागलाई एक विशाल भागमा समेटेको थियो । गोण्डवाना विघठित भएसँगै पृथ्वीको सबैभन्दा सानो, पातलो तथा सबैभन्दा युवा महाद्वीप आफै नष्ट हुनपुग्यो भने गोण्डवानाको उत्तर पश्चिम र दक्षिण पश्चिममा रहेका क्षेत्र क्रमशः अष्ट्रेलिया र अन्टार्कटिका बने ।

अढाइ करोड वर्षअघि समुद्रमा डुबेको थियो जिल्याण्डिया

वैज्ञानिकहरुका अनुसार जिल्याण्डियाको सम्पूर्ण वा केही भाग केही समयका लागि एउटा टापुको रुपमा अस्तित्वमा रहेको हुनसक्छ । तरपनि करिब २ करोड ५० लाख वर्षअघि यो समुद्रमुनि डुबेर हराएकेा थियो । यसको पहिलो वास्तविक संकेतचाहिं न्युजिल्याण्डको एक विशाल गुप्त भूभागको सानो देखिनेवाला हिस्सा हुनसक्छ । यो पहिलोपटक सन् २०२२ मा सार्वजनिक भएको थियो, जब वैज्ञानिकहरुले सो क्षेत्रको विश्लेषण गर्नका लागि ब्याथिमेट्री अर्थात् पानीको मुनि गहिराइको अध्ययन गरे । त्यसरी फेला परेको भूखण्डलाई जिल्याण्डिया भनियो । जिल्याण्डिया माथिको महासागर यसको आसपासको महासागरको तुलनामा निकै कम गहिराइयुक्त छ । यसबाट के पत्ता लागेको छ भने यो क्षेत्र पृथ्वीका अधिकांश महासागरहरुजस्तै एक सामुद्रिक टेक्टोनिक प्लेटको मुनि नभइ एउटा महाद्वीपीय क्षेत्र नै थियो ।

यद्यपि यस विषयमा सन् २०१७ मै निर्णायक तथ्य आएको थियो । त्यसक्रममा वैज्ञानिकहरुले एकसाथ विभिन्न सबूतहरु पेस गरे जसमा त्यसमा रहेका चट्टानका प्रकार तथा यसको सापेक्षिक मोटाई बारेको डेटा पनि सामेल थियो । सामुद्रिक प्लेटहरु पातलो हुन्छन्, जबकि जिल्याण्डिया निकै मोटो छ । त्यहीँ तथ्यले पनि जिल्याण्डिया एक नयाँ महाद्वीप भएको तर्कलाई बलियो बनाइदियो । यो केवल महाद्वीपीय टुक्रा वा सुक्ष्म महाद्वीप नभइ वास्तविक महादेश नै हो र यसको ९५ प्रतिशत भाग पानीमा डुबेको छ ।

यद्यपि एक नयाँ महादेशको खोज हुँदाको उत्साह र एक दशक भन्दा लामो समयदेखिको गहन शोधका बाबजुत जिल्याण्डियाको प्रारम्भिक गठनका धेरै विवरणहरु अस्पष्ट नै रहे । यो आंशिक रुपमा एउटा रहस्यमय घटनाको परिणामको रुपमा रह्यो जुन गोण्डवानाबाट छुट्टिंदा घटित भएको थियो ।

जिल्याण्डिया किन डुब्यो ?

सन् २०१९ मा वैज्ञानिकहरुको एक अन्तर्राष्ट्रिय समूहले दक्षिण जिल्याण्डियाको भूविज्ञानको नक्सांकन गर्‍यो । उक्त शोधबाट के पत्ता लाग्यो भने केही विन्दुमा जिल्याण्डिया धस्सिएको थियो । अर्थात् टेक्टोनिक प्लेटमा लागेको बलले उसलाई अलग गरेको थियो । यसले नियमित महाद्वीपीय प्लेटहहरुको तुलनामा जिल्याण्डिया महाद्वीप पातलो बन्यो र दरारहरु पैदा भए जुन पछि सामुद्रिक पत्रमा परिणत भए । यस प्रक्रियामा जिल्याण्डिया महादेश विकृत बन्यो जसका कारण यसको इतिहासलाई पुनः संगठित गरी यसको मूल स्वरुपलाई चुनौतीपूर्ण बनाइदियो । यो महाद्वीपको चट्टानलाई शोधकर्ताहरुले विश्लेषण गर्ने क्रममा उक्त टुक्राई दुई चरणमा भएको पत्ता लाग्यो । पहिलो सुरुवात करिब ८९ देखि १०१ मिलियन वर्षअघि भएको यिो । यसबाट एउटा दरार पैदा भयो जसबाट अष्ट्रेलिया र न्युजिल्याण्डको बीचमा तस्मान सागर बन्यो ।

दोस्रो चरण ८ देखि ९ करोड वर्ष पहिले सुरु भयो र यसको परिणामस्वरुप पश्चिमी अन्टार्कटिकाबाट जिल्याण्डिया अलग भयो अनि प्रशान्त महासागरको निर्माण भयो ।

वैज्ञानिकहरुले यसपटक ती चट्टानहरुको अनुसन्धान गरे जो अष्ट्रेलियाको तटबाट टाढा दक्षिण प्रशान्त क्षेत्रको फेयरवे रिजबाट निकालिएका थिए, जुन क्षेत्र जिल्याण्डियाको सबैभन्दा उत्तरी छेउँ हो ।

ती प्राचीन अवशेष, जसमा साढे २ करोड वर्षदेखि एकदिन पनि सुख्खा भएको छैन, त्यसमा आग्नेय चट्टानको मिश्रण भेटियो जुन ज्वालामूखीय प्रक्रियाबाट निर्मित हुन्छ । वैज्ञानिकहरुले ती चट्टानहरुको रसायन विज्ञान तथा रेडियोधर्मी आइसोटोपको गहन रुपमा विश्लेषण गरी चट्टानको उमेर तथा उत्पत्तिको अनुमान गरे । त्यसक्रममा पाइएकोमध्ये सबैभन्दा पूरानो चट्टानचाहिं प्रारम्भिक क्रेटेसियसकाल अर्थात् करिब १३ करोड देखि ११ करोड वर्ष पुरानो टुक्रा थियो । त्यस्तै ९ करोड ५० लाख वर्ष पूरानो लेट क्रेटेसियस कालको बालुवा पत्थरका साथै करिब ४ करोड वर्ष पुरानो इओसिन कालको अपेक्षाकृत नयाँ बेसाल्ट चट्टान पनि त्यहाँ फेला परेको छ ।

एजेन्सीको सहयोगमा 

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply