पोखरा इन्जिनियरिङ कलेजको शोधकार्य प्रदर्शनीमा विभिन्न डिजाइन

0

पोखरा । पोखरा इन्जिनियरिङ कलेज आयोजनामा आर्किटेक्चर शोधकार्य प्रदर्शनी–२०२३ विभिन्न संरचना डिजाइन प्रदर्शनसहित सकिएको छ । लेकसाइडमा शुक्रबार बिहान १० बजेदेखि सुरु प्रदर्शनी बेलुका ७ बजेसम्म चलेको कलेजका प्रशासक चिजकाजी गुरुङले बताए । प्रदर्शनीको पोखराका करिब ५ हजार विद्यार्थीले अवलोकल गरेको उनले बताए ।

पोखरा विश्वविद्यालयका रजिस्टार प्राडा दीपकबहादुर भण्डारी प्रदर्शनी उद्घाटन गर्दै शोधकार्यमा नयाँ–नयाँ डिजाइन देखिएको बताए । सो डिजाइनमा वास्तविकतामा परिणत हुनुपर्ने उनको भनाइ छ । कलेजका निर्देशक अमर गुरुङले कलेजमा स्नातक तह अन्तिम वर्षका विद्यार्थीद्वारा गरिएका शोधकार्यको सिर्जना सार्वजनिक गर्दै थप हौसला प्रदान गर्न प्रदर्शनी आयोजना गरिएको बताए । पोखरा विश्वविद्यालयका सिनेटर तथा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराइले नयाँ बन्ने संरचनामा दिगोपन आउनुपर्ने बताए ।

अर्किटेक्चर लुना थापाले प्रदर्शनीमा सिर्जनाको व्यावसायिक उपयोगिता प्रवद्र्धनका लागि विभिन्न उद्योग, व्यावसाय, निर्माण कम्पनी शैक्षिक संस्था तथा अन्य सरोकारवाला क्षेत्रका व्यक्तिले अवलोकन गरेको बताइन् । जसमा मोडल, भिडियो तथा तस्बिर प्रदर्शन गरिएको उनले बताइन् ।

कार्यक्रममा क्रिकेट स्टेडियम, फुटबल स्टेडियम, इन्टरनेसनल स्कुल, सिनेमा सेन्टर, इको रिसोर्ट, पब्लिक लाइब्रेरी लगायत अन्य २२ संरचनाको आर्किटेक्चर मोडल प्रस्तुत गरिएको क्याम्पसका प्रिन्सिपल सोम गुरुङले बताए । यसबाट प्राविधिक र सामाजिक उत्थानमा सहयोग गर्ने, नयाँ प्रविधि र राज्यको दिगो विकासमा सहयोग गर्ने, व्यावसायिक संघसंस्था, आर्किटेक्चर पेसाकर्मी र विद्यार्थी बीचमा सहकार्यसँगै नेटवर्किङलाई प्रोत्साहन गर्ने अपेक्षा छ ।

Leave a Reply