प्रवेश परीक्षाको मिति तोक्न इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापतिको माग

0

१२ असोज, काठमाडौं । तीन वटा इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापतिहरूले प्रवेश परीक्षाको मिति तत्काल तोक्न माग गरेका छन् ।

पुल्चोक क्याम्पसका विराज अर्याल, थापाथली क्याम्पसका पुष्करविक्रम भण्डारी र पूर्वाञ्चल क्याम्पसका नवीन श्रेष्ठले संयुक्त विज्ञप्ति निकालेर भनेका छन्, ‘हामी ४८ घण्टाभित्र सरोकारवाल पक्षहरूकोबीचमा शुल्क सहमत गराई प्रवेश परीक्षाको मिति तोक्न आग्रह गर्दछौं ।’

इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्कवृद्धि विद्यार्थीहरूको विरोधपछि फिर्ता भएको र त्यही कारण देखाइ प्रवेश परीक्षा अनिश्तित गरिएको उनीहरुको आरोप छ ।

‘क्याम्पस चलाउँन सकिँदैन भन्दै भ्रामात्मक खबरके पक्षामा उभिएका सम्पूर्णलाई के अवगत गराउन चाहन्छौं भने भर्खरै निर्वाचित स्ववियुले अब जिम्मा लिने छ,’ उनीहरुले विज्ञप्तिमा लेखेका छन्, ‘र अहिलेको भन्दा गुणस्तरवृद्धिका साथ क्याम्पस चलाएर देखाउने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply