युनाइटेड क्लब अध्यक्ष राजु श्रेष्ठलाई पितृशोक

0

पोखरा । युनाइटेड क्लब अध्यक्ष राजु श्रेष्ठलाई पितृशोक परेको छ ।

उनका पिता आनन्दप्रसाद श्रेष्ठको ८१ वर्षको उमेरमा बिहीबार निधन भयो । तनहुँको घिरिङ ३, हटिया घर भइ हाल चितवन निवासी उनी केही वर्षदेखि दमबाट ग्रसित थिए । उनका २ श्रीमती, ४ छोरा, ४ छोरी, १० नाति र ६ नातिनी छन् ।

घिरिङ ३ स्थित चन्द्रज्योति माविलाई जग्गादान गरेका आनन्दप्रसाद समाजसेवी थिए । उनले घिरिङको विकास निर्माणमा सक्रिय भइ काम गरेका थिए ।

Leave a Reply