लेउबाट निस्किएको उज्यालो जसका कारण समुद्र राति नीलाम्मे देखिन्छ

0

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

१५ मिनेट पहिले

संयुक्त राज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा समुद्रमा राति देखिने नीलो प्रकाश हेर्न मानिसहरूको घुइँचो लाग्ने गरेको छ।

‘बायोलूमिनेसन्स’ अर्थात् ‘जैविक सन्दीप्ति’ भनिने प्राकृतिक परिघटनामा जीवित प्राणी वा वनस्पतिबाट प्रकाश निस्किन्छ। यहाँ फाइटोप्ल्याङ्कटन भनिने समुद्री एल्गी अर्थात् लेउबाट उज्यालो निस्किएको हो।

स्क्रिप्स इन्स्टिट्यूट अफ ओशनोग्रफीसँग आबद्ध विज्ञ ड्रू लुकासले सीबीसी न्यूजलाई बताएअनुसार न्यानो र शान्त पानीमा यो एल्गी मौलाउँछ। केही सातादेखि दक्षिणी क्यालिफोर्नियासँग जोडिएको समुद्रमा त्यस्तो अवस्था उत्पन्न भएको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Leave a Reply