विवेक ओझाको ‘ऐँठन’ लाई मदन पुरस्कार

0

काठमाडौं । विवेक ओझाको ‘ऐँठन’ ले वर्ष २०७९ को मदन पुरस्कार पाएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले श्रेष्ठ ५ सूचीबाट ‘ऐँठन’ लाई मदन पुरस्कार दिने गुठीका अध्यक्ष कुन्दमणि दीक्षितले बताए ।

त्यस्तै गुठीले टेकवीर मुखियालाई जगदम्बाश्री पुरस्कार दिने घोषणा गरेको छ ।

‘ऐँठन’ उपन्यासको विषयवस्तु माओवादी जनयुद्धमा आधारित छ । जनयुद्धमा नेपाली जनताले भोगेको संघर्ष र द्वन्द्वको कथा उपन्यासमा समेटिएको छ ।

यसपालि सुबिन भट्टराईको ‘इजोरिया’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’ र सञ्जय विष्टको ‘माटाको घर’ पनि श्रेष्ठ ५ को सूचीमा थिए । मदन पुरस्कारका लागि गुठीलाई कुल ३ सय १३ पुस्तक प्राप्त भएको जनाइएको छ ।

मदन र जगदम्बाश्री दुवै पुरस्कारको राशी चार–चार लाख रहेको छ ।

Leave a Reply