सुन तस्करी छानबिन समितिमा आचार्य

0

पोखरा । सरकारले सुन तस्करीको छानबिन तथा जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेस गर्नेगरी उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो । आचार्य नेतृत्वको समितिमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य छन् ।

आचार्य उच्च अदालत पोखरामा कायममुकायम मुख्य न्यायाधीश रहेकै बेला २ महिना अघि अवकाश भएका हुन् । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जाँचबुझ आयोग गठनका लागि निर्णय भएको जानकारी दिइन् ।

Leave a Reply