सुरक्षा पालुवा अध्यक्षमा टुल्कनाथ

0

पोखरा । सुरक्षा पालुवा बचत तथा ऋण सहकारीको १७ औं साधारणसभा एवं दोस्रोे अधिवेशनले पुन: टुल्कनाथ आचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ ।

समिति उपाध्यक्षमा यज्ञप्रसाद आचार्य, सचिव दीपक बानिया, सहसचिवमा शान्तादेवी अधिकारी र कोषाध्यक्षमा पानादत्त पौडेल छन् । सदस्यमा गोपिराज तिवारी, श्रीराम दहाल, देवमणि भण्डारी, रामप्रसाद पौडेल, इन्दिरा कोइराला आचार्य, सुन्दरमणि दहाल, योगराज अधिकारी, ध्रुवबहादुर थापा क्षत्री, अञ्जु अधिकारी, गोपबहादुर बानिया छन् ।

त्यस्तै, लेखा समितिसंयोजकमा सुशील पौडेल एवं सदस्यमा केशवराज आचार्य र सागरमणि भण्डारी छन् ।

अधिवेशनका लागि कृष्णप्रसाद तिवारीको संयोजकत्वमा मेघमणि अधिकारी र आनन्द पौडेल सदस्य रहेको निर्वाचन समिति तोकिएको थियो । नवनिर्वाचित सञ्चालक समिति पदाधिकारी एवं सदस्यलाई निर्वाचन समिति संयोजक कृष्णप्रसाद तिवारी, पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, सल्लाहकार एवं पूर्व अध्यक्ष शिवदत्त तिवारी लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष अधिकारीले आर्थिक अनुशासनका माध्यमबाट सहकारीलाई आम सर्वसाधारणको मन जित्ने गरी अघि बढाउनुपर्ने बताए । पोखरा ३३ का छरिएका सहकारीलाई एकत्रित गर्दै सहकारीको सेवा प्रवाहलाई अझै प्रभावकारी एवं गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए । समिति अध्यक्ष टुल्कनाथ आचार्यले सेयर सदस्यको भावनालाई आत्मसात गर्दै सहकारी अघि बढीरहेको बताउँदै आर्थिक अनुशासन कायम गराउने कुरामा संस्था प्रतिवद्ध भएको बताए ।

सल्लाहकार एवम् पूर्व अध्यक्ष शिवदत्त तिवारी, निर्वाचन समिति संयोजक कृष्णप्रसाद तिवारी लगायतले सहकारीले आमसर्वसाधारण माझ प्राप्त गरेको विश्वासलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उक्त अवसरमा समाचार सम्प्रेषणका माध्यमबाट विशिष्ट योगदान पुर्‍याएको भन्दै रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल र भरतपोखरी मिडिया डट कमका अध्यक्ष सञ्जय आचार्यलाई सम्मान गरिएको थियो ।

२०६४ सालमा सुरक्षा बचत तथा ऋण सहकारीरुपमा स्थापना भएको संस्थाले विभिन्न चरणमा अन्य सहकारीसँग एकीकरण गरी ३ हजार ४७ सेयर सदस्यमा मार्फत ७ करोड ३४ लाख ३७ हजार ७ सय सेयर पुँजी बनाउन सफल भएको छ ।

हाल सहकारीको कारोबार ७४ करोड ८ लाख रुपैयाँभन्दा बढी रहेको छ । समिति अध्यक्ष टुल्कनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यज्ञप्रसाद आचार्यले गरेका थिए ।

Leave a Reply