उपचार खर्च तिर्न नसक्दा अस्पतालमै रहेका रामविनय २५ दिनपछि गए घर

0

२५ वैशाख, जनकपुरधाम । जनकपुरधामको कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालबाट डिस्चार्ज भएको २५ दिनपछि रामविनय महरा घर जान पाएका छन् ।

मानवअधिकारवादी संघसंस्था र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा परिवारजनले थप ५० हजार मात्र रकम बुझाएर अस्पतालले सोमबार घरजान दिन सहमत भएको हो ।

गत चैत १४ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका रामविनयलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । त्यहाबाट घरपरिवारलाई थाहै नदिई न्यूरोसम्बन्धी उपचारको लागि कृष्णा मेडिकलमा भर्ना भएका जनकपुरधाम उपमहानगरपालिका १७ का २२ वर्षीय रामविनय उपचार खर्च बुझाउन नसक्दा घरजान पाएका थिएनन् ।

उनको गत चैत २२ गतेसम्म फार्मेसी बाहेक ३ लाख उपचार खर्च भएको थियो । विपन्न घरपरिवारले मात्र औसधि र उपचारको ९० हजार बुझाएको थियो ।

थप रकम बुझाउन नसक्दा अस्पतालकै आईसीयूमा बन्धक जस्तै बनेका रामविनयको बारे अनलाइनखबरले समाचार सार्वजनिक गरेपछि मानवअधिकारवादी संघसंस्था र मधेश सरकारको स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण भएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय जनकपुरकी रेखा दत्त, इन्सेकको प्रदेश कार्यालय जनकपुरका प्रमुख राजु पासवान र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरको पहलमा केवल थप ५० हजार रकम लिएर अस्पताल विनयलाई घर जान दिएको हो ।

अस्पतालले आजसम्मको करिब ५ लाख उपचार खर्च भएकोमा साढे ३ लाख भन्दा बढी रकम छोडेर सहयोग गरेको अस्पतालका इन्चार्ज देवेन्द्र यादवले बताए । उनले न्यूरो सम्बन्धि गम्भीर घाइते रामविनयलाई शल्यक्रिया गरी पहिले रकम नबुझाएपनि उपचारमा कुनै कञ्जुस्याइ नगरी ज्यान जोगाएको बताए ।

रामविनयका बुबा पंचु महरा र आमा प्रमिला महरा संघसंस्थाको पहलमा उपचार खर्च धेरै रकम छाडेर छोरालाई घर जान दिएकोमा सबैलाई धन्यवाद दिए ।

सम्पतिको नाममा केवल दुईधुर घडेरी बाहेक केही नरहेका महरा परिवार छोराको उपचार खर्च जुटाउन भौतारिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply