कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

0

पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।

मञ्चको हालै बसेको केन्द्रीय कमिटीको सर्वसम्मत निर्णयबाट गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुका साथै कास्की शाखा गठनको जिम्मेवारीसमेत प्रदान गरेको छ ।

मानव अधिकार तथा कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्था मानव अधिकारको पूर्ण संरक्षण, संवद्र्धन र विकास विना सामाजिक न्याय प्राप्त हुन नसक्ने तथ्यलाई हृदयगम गर्दै मानव अधिकारको विश्वव्यापी मान्यताप्रति सहमति जनाउँदै मानव अधिकारमा विश्व व्यापकता, आत्मनिर्भरता जस्ता आधारभूत सिद्धान्तप्रति प्रतिबद्ध भई गैरनाफामूलक, गैर राजनीतिक गैरसरकारी संस्थाको रुपमा स्थापना भएको हो ।

केन्द्रीय सदस्यमा मनोनित भएका नलबहादुर गुरुङले छिट्टै कास्की जिल्ला गठन गरी कारागारमा रहेका कैदीबन्दीलाई न्याय प्रदान गर्दै उनीहरूको हकहितका लागि कार्य गर्ने बताए ।

Leave a Reply