कोशीकी नेहा सर्वोत्कृष्ट खेलाडी, सुदूरपश्चिमकी यशोदा उच्च गोलकर्ता

0

कोशी प्रदेशको टाेली ।

२० वैशाख, सुर्खेत । कोशी प्रदेशकी नेहाकुमारी चौधरी राष्ट्रिय महिला लिग छनोटमा सर्वोत्कृष्ट खेलाडी चुनिएकी छन् ।

प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको कोशीकी नेहा सर्वोत्कृष्ट खेलाडी चुनिंदा कोशीकै सुशीलाकुमारी चौधरी उत्कृष्ट गोलकिपर घोषित भइन् ।

प्रतियोगितामा ८ गोल गरेकी सुदूरपश्चिमकी यशोदाकुमारी चिराल उच्च गोलकर्ता चयन भइन् ।

बिहीबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ३–० ले हराउँदै सुखद अन्त्य गरेको छ ।

यो जितसँगै ६ खेलबाट १५ अंकसहित सुदूरपश्चिमले दोस्रो स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्यायो ।

सुदूरपश्चिमकाे टाेली ।

७ प्रदेशको सहभागिता रहेको प्रतियोगिताबाट कोशी प्रदेश च्याम्पियन हुँदै छनोट हुँदा सुदूरपश्चिम दोस्रो र कर्णालीले तेस्रो स्थानमा रहेर लिगको यात्रा निश्चित गरेका छन् ।

प्रतियोगितामा बलियो मानिएको मधेश प्रदेश भने चौथो स्थानमा रहँदै बाहिरिएको छ । मधेशलाई राष्ट्रिय लिगमा छनोट हुन बिहीबार कर्णालीले हार्नुपर्ने समीकरण थियो । तर कर्णालीले गण्डकीविरुद्ध सहज जित निकालेसँगै मधेशको सम्भावना सकिएको हो । मधेशले ६ खेलबाट १० अंक जोडे पनि समान खेलबाट १२ अंक जोड्दै कर्णालीले मधेशलाई पछि पारेको हो ।

लिगमा शीर्ष स्थानमा रहेको कोशी अपराजित रहँदा ६ खेलबाट १६ अंक जोड्न सफल रह्यो । दोस्रो स्थानको सुदूरपश्चिमले ६ खेलबाट १५ र तेस्रो स्थानको कर्णालीले ६ खेलबाट १२ अंक जोड्यो ।

पाँचौं स्थानको गण्डकीले ६ खेलबाट ६ अंक जोड्यो । छैटौं स्थानको लुम्बिनीले ३ अंक जोडेको छ ।

तालिकाको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको बागमती भने अंकविहीन रह्यो । बागमतीले प्रतियोगिताको सबै खेलमा हार व्यहोर्‍यो ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply