पर्वत दम्पती हत्या प्रकरणमा २ जना पक्राउ

0

१८ वैशाख, काठमाडौं । पर्वतको जलजला गाउँपालिका-२, मल्लाजमा भएको एक दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कृष्ण विक र दिपक परियारलाई पक्राउ गरेको ब्यूरोका एसपी होविन्द्र बोगटीले पुष्टि गरे । ‘विकलाई पर्वत र परियारलाई पोखराबाट पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘अहिलेसम्मको जाँचमा लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ ।’

१९ चैतको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसी भोलिपल्ट मृत भेटिएका थिए ।

जिल्ला र प्रदेशबाट खटिएको अनुसन्धान अधिकृतको टोलीले आरोपी पक्राउ गर्न नसकेपछि संसद्मा समेत प्रश्न उठेको थियो । त्यसपछि प्रहरी महानिरीक्षक वसन्त कुँवरले सीआईबीको टोली पठाएका थिए । पर्वतमै पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृतमा जानकारी दिने प्रहरी तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply