‘पुजार सार्की’को जापानका दुई दर्जन सहरमा प्रदर्शन तय

0

काठमाडौं । फिल्म ‘पुजार सार्की’ जापानका झण्डै ३ दर्जन सहरमा प्रदर्शन हुने भएको छ । अहिलेसम्म दुई दर्जन सहरमा स्क्रिनिङ तय भैसकेको वितरक खिमराज शाहले जानकारी दिए ।

जापान प्रदर्शनमा अभिनेता पल शाह र लेखक विकास सुवेदी पनि सहभागि हुने भएका छन् । मे २६ तारिखमा टोकियोस्थित नाकानो जेरो हलमा हुने प्रदर्शनीमा पल सहभागि हुनेछन् ।

यो फिल्म जेठ १० मा नेपालसहित विश्वब्यापी रिलिज हुन लागेको जानकारी निर्देशक दिनेश राउतले दिए । जातिय विभेदविरुद्धको कथा पेश गर्ने यो फिल्ममा पलसहित प्रदीप खड्का र आर्यन सिग्देलको पनि शीर्ष भूमिका छ ।

फिल्मलाई सुवेदीले लेखेका हुन् । राउत र सुवेदीले सोसल-ड्रामा ‘प्रकाश’मा सकार्य गरेका थिए । यो फिल्मलाई सुवास भुषालले निर्माण गरेका हुन् । फिल्मले मंगलबार नयाँ गीत सार्वजनिक गर्दै कथासार बुझाउने प्रयास गरेको छ । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्मलाई आरआर फिल्मसले वितरण गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply