पूजा शर्माको ‘दान्भी’ जेठ १० मा नआउने, चलचित्र संघ र वितरकबीच जुट्यो सहमति

0

काठमाडौं । पूजा शर्मा स्टारर एक्सन फिल्म ‘दान्भी’को प्रदर्शन मिति सरेको छ । चलचित्र संघ र वितरकबीच जुटेको सहमतिअनुसार अब यो फिल्म जेठ १० मा रिलिज नहुने भएको छ । अब उक्त मितिमा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ मात्र आउनेछन् । ‘दान्भी’का वितरक करण श्रेष्ठले उद्योगको हितका लागि आफूहरुले यो निर्णय लिएको बताए ।

सम्भवत: असार ७ मा यो फिल्म आउन सक्ने जनाइएको छ । अभिनेत्री पूजा शर्माको सोमबार परेको जन्मदिनको अवसरमा फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गर्ने तयारी छ ।

चलचित्र संघका महासचिव सुरेन्द्र थापाले पनि नेपाली फिल्म क्षेत्रको व्यावसायिक हितका लागि गरिएको यो निर्णयलाई अरु मेकरले पनि सिक्नुपर्ने बताए । ‘दान्भी’को नयाँ प्रदर्शन मितिका लागि संघले मध्यस्थता मात्र गरेको थापाले बताए ।

वितरक श्रेष्ठले भविष्यमा मेलमिलापको नजीर बसाल्न ‘दान्भी’को प्रदर्शन सरेको बताए । ‘यो निर्णयले नेपाली फिल्म क्षेत्र मिलेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिन्छ । चलचित्र उद्योग अप्ठ्यारोमा पर्नुभएका निर्माता, हलवाला सबै अप्ठ्यारोमा पर्नु हो । यो हित सोचेर फिल्म सार्ने निर्णय लिएका हौं,’ उनले भने ।

 यो एक्सनप्रधान फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछन् । रुपेश तामाङ निर्देशित यो फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजनले अभिनय गर्दैछन् । यो फिल्म पूजाको पहिलो एक्सन फिल्म समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply