‘माइतीघर’ अभिनेता लोहनीको अन्त्येष्टि, माला सिन्हाले दिइन् श्रद्धाञ्जली

0

काठमाडौं । निजी क्षेत्रबाट निर्माण गरिएको पहिलो नेपाली फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनीको पार्थिव शरिरलाई सोमबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

अल्माइजर्स रोगबाट पीडित लोहनीको अपरान्ह १ः३० बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा ८६ वर्षको उमेरमा निधन भएको थियो । प्राप्त तस्वीरमा अस्पतालमै लोहनीकी धर्मपत्नी तथा चर्चित बलिउड अभिनेतृ माला सिन्हाले शोकमग्न हुँदै श्रद्धाञ्जली दिएकी छन् ।

अन्नपूर्ण न्यूरो अस्पतालबाहिर श्रद्धाञ्जली दिँदै बलिउड अभिनेतृ तथा लोहनीकी धर्मपत्नी माला सिन्हा ।

अस्पतालबाट उनको पार्थिव शरिरलाई पशुपति आर्यघाट लगिएको थियो । मुम्बईमा रहेकी एकमात्र छोरी काठमाडौं आउन नसकेपछि पुरेतले शवमा दागबत्ती दिएका थिए । लोहनीको निधनमा फिल्म वृत्तले श्रद्धाञ्जली दिइरहेको छ ।

सरकारी जागिरे समेत रहेका सिन्हा एकैसाथ गायक तथा अभिनेता पनि हुन् । उनले पछिल्लो पटक ‘पुनरागमन’ नामक गीत ल्याएका थिए । ‘माइतीघर’मा उनले अभिनय मात्र गरेनन्, उनी पाश्र्वगायक समेत बने । सोही फिल्म गर्दागर्दै प्रेम भएपछि सिन्हासँग उनले विवाह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply