मोबाइल ह्यांग हुने समस्या छ ? यी हुन् मोबाइलको गति बढाउने टिप्स

0

के तपाईंको स्मार्टफोन ह्याङ हुने समस्या छ ? स्मार्टफोन ह्यांग हुँदा धेरै समस्या उत्पन्न हुनसक्छ । यसले हाम्रो समय त बर्बाद गर्छ नै डिभाइसलाई पनि बिगार्न सक्दछ ।

यस्तो अवस्थामा यदि तपाइँले केही उपाय अपनाउनुभयो भने स्मार्टफोन ह्यांग हुने समस्या हटाउन सक्नुहुन्छ।

स्मार्टफोन ह्यांग हुने विभिन्न समस्या हुनसक्छन् । जसमा पुरानो सफ्टवेयर हुनु, फोनको स्टोरेज कम हुनु, धेरै एपहरुको प्रयोग हुनु, भाइरस तथा मालवेयरको संक्रमण आदि प्रमुख कारण हुन् ।

यदि तपाईंको फोन पनि ह्यांग हुने समस्या छ भने यी ट्रिक्स अपनाएर तपाईंले समस्या कम गर्न सक्नुहुन्छ :

  • फोन रिस्टार्ट गर्नुहोस् : ह्यांग भएको फोनलाई पुर्ववत् अवस्थामा ल्याउने सबैभन्दा सजिलो तथा प्रभावकारी उपाय भनेको फोनलाई रिस्टार्ट गर्नु हो । यसबाट तपाईंको फोनको मेमोरी रिफ्रेस हुन्छ र फोनले पुनः सामान्य रुपबाट काम गर्न थाल्दछ।
  • पृष्ठभूमिमा चलिरहेका एपहरु बन्द गर्नुहोस् : तपाईंले फोनमा कुनैपनि एप प्रयोग नगरिरहेको अवस्थामा समेत पृष्ठभूमिमा एपहरु च्लिरहेका हुन्छन् । यसबाट फोनको मेमोरी भरिन्छ र फोन ह्यांग हुन थाल्छ। त्यसैले तपाईंले पृष्ठभूमिमा चलिरहेका एपलाई बन्द गर्नु पर्दछ।
  • अनावश्यक एपहरुलाई अनइन्स्टल गर्नुहोस् : तपाईंको फोनमा यस्ता विभिन्न एपहरु हुनसक्छन् जुन तपाईंले कहिल्यै प्रयोग नै गर्नुहुन्न । यस्ता एपहरुलाई फोनबाट हटाउनाले तपाईंको फोनको मेमोरी तथा प्रोसेसरलाई आराम प्राप्त हुन्छ । जसका कारण फोनमा ह्यांग हुने समस्या कम हुन्छ ।
  • सफ्टवेयर अपडेट गर्नुहोस् : मोबाइल कम्पनीहरुले समय समयमा आफ्ना फोनहरुको लागि सफ्टवेयर अपडेट जारी गर्दछन् । ती अपडेटमा विभिन्न नयाँ सुविधासँगै बग फिक्स पनि सामेल हुन्छन् । त्यसैले आफ्नो फोनको सफ्टवेयर अपडेट राख्नु आवश्यक हुन्छ ।
  • फोनलाई फ्याक्ट्री रिसेट गर्नुहोस् : यदि तपाईंले माथि भनेका सबै उपयाहरु अपनाइसक्नुभयो तर पनि फोन ह्यांग हुन छाडेको छैन भने तपाईंको फोन फ्याक्ट्री रिसेट गर्नुपर्ने हुन्छ । यसो गर्दा फोनका सबै सेटिंग्स तथा डेटाहरु मेटिन्छन् । त्यसैले फोनको फ्याक्ट्री रिसेट गर्नुअघि फोनका आवश्यक डेटाहरुको ब्याकअप राख्नुहोस् ।

माथि उल्लेखित ट्रिक्स अपनाएर तपाईंले आफ्नो स्मार्टफोन ह्यांग हुने समस्या हटाउन सक्नुहुन्छ र फोनलाई सामान्य रुपमा चलाउन सक्नुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply