लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित

0

१८ वैशाख, रोवर्ट लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ४-२ ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा लेवान्डोस्कीले दोस्रो हाफमा ह्याट्रिक गरेका थिए ।बार्सिलोनाका लागि फर्मिन लोपेजले २२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, ह्युगो डुराले २७औं र पेपेलु ३७औं मिनेटमा गोल गरेपछि भ्यालेन्सियाले पुनरागमन गर्दै पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो ।

तर पहिलो हाफकै इन्जुरि टाइममा मामार्दाश्भिलीले रातो कार्ड पाएपछि भ्यालेन्सिया दश खेलाडीमा समेटियो । त्यसको फाइदा बार्सिलोनाले दोस्रो हाफमा उठायो ।

बार्सिलोनाका लागि लेवान्डोस्कीले ४९औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे भने ८२औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३-२ को अग्रता दिलाए । त्यसपछि उनले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

जितपछि बार्सिलोना ३३ खेलबाट ७३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको रियल मड्रिडको समान खेलबाट ८४ अंक छ र लिगको उपाधि नजिक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply