श्रमाधान कल सेन्टर सञ्चालनको लागि कार्यविधि जारी

0

१६ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ ।

श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा, गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले सञ्चालनमा ल्याउन लागिएको श्रमाधान कल सेन्टरलाई प्रभावकारी बनाउन कार्यविधि जारी गरिएको हो ।

मन्त्रालयले वैशाख १२ गते कार्यविधि स्वीकृत गरेको थियो । कार्यविधि अनुसार श्रमाधान कल सेन्टरले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या, जिज्ञासा र सुझावलाई संकलन गरी सम्बन्धित निकायसम्म समाधानका लागि पुर्‍याउने मन्त्रालय जनाएको छ ।

श्रमाधान कल सेन्टरमा श्रमिकहरूले विभिन्न सञ्चार माध्यम जस्तै– ट्याब्लेट, टेलिफोन, सामाजिक सञ्जाल आदिको प्रयोग गरी गुनासो दर्ता गर्न सक्नेछन् ।

गुनासोको संवेदनशीलताका आधारमा अति जरुरी, जरुरी, मध्यम, सामान्य र तामेली गरी वर्गीकरण गरिने छ । क्षेत्रगत आधारमा पनि वर्गीकरण हुने मन्त्रालयले जनाएको छ ।

कल सेन्टरमा प्राप्त गुनासोलाई श्रम मन्त्रालयले अन्तर्गतका निकायहरूमा पठाउने छ । मन्त्रालय र मातहतका निकायहरूले पनि आफ्नो निकायसँग सम्बन्धित गुनासोको व्यवस्थापनका लागि पूर्णकालीन फोकल पर्सन नियुक्त गर्ने जनाइएको छ ।

मन्त्रालयले प्राप्त गुनासो र समाधानको प्रगति हरेक महिना सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply