एकल महिलालाई बलात्कार गरेको आरोपमा गुरुङ पक्राउ

0

२२ वैशाख, बुटवल । अश्लील भिडियो खिचेर सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पटकपटक जबर्जस्ती करणी गरेको आरोपमा बुटवलका सिद्धार्थ गुरुङ पक्राउ परेका छन् ।

महिलाको घरमै गई भिडियो बनाएर आफूले भने अनुसार नगरे सार्वजनिक गरिदिन्छु भन्दै ब्ल्याकमेलिङ गरेर पटक–पटक जबरजस्ती करणी गर्नुका साथै करिब ५ करोड रकम समेत लगेको पीडितको दाबी छ ।

बुटवल उपमहानगरपालिका–११ का ३६ वर्षीय गुरुङ पक्राउ परेपनि प्रहरी हिरासतमा नभई उपचारको लागि भन्दै भैरहवास्थित सिद्धार्थ सिटी अस्पतालमा बसेका छन् ।

आफूविरुद्धको मुद्दा प्रभावित पार्न अभियुक्त गुरुङले पैसाको आडमा प्रहरी र सरकारी वकिलसँग चलखेल गरेको भन्दै पीडित महिलाले न्याय नपाइने हो कि भन्ने आशंका लागेको गुनासो गरेकी छन् । ‘पीडक पक्षका वकिलले २४ दिन अस्पताल बस्ने, प्रहरी र सरकारी वकिललाई ५०–५० लाख दिएर मुद्दा आफ्नो पक्षमा पारी २५औं दिनमा घर आइन्छ भन्दै खुलेयाम बताएका छन्,’ पीडित महिलाले भनिन्, ‘पीडकको वकिलले भनेजस्तै निज गुरुङ सुविधासम्पन्न निजी अस्पतालको क्याबिनमा बसेर चलखेल गरेकाले थप पीडा र आशंका भएको छ ।’

पीडक पक्षका वकिलको त्यस्तो भनाइले आफू मानसिकरुपमा विक्षिप्त भएको बताउँदै उनले प्रहरीले कसैको प्रभावमा नपरी न्याय देओस् भन्ने मात्रै आफ्नो सरोकार रहेको दोहोर्‍याइन् । प्रहरीले गुरुङमाथि अनुसन्धानका लागि तीन पटक म्याद थप गरिसकेको छ ।

निर्माण व्यवसायी समेत रहेका गुरुङले सुरुमा दिदीको नाता लगाएर नजिक भई ठेक्काको काम समेत हात पारेका थिए ।

पटकपटक घर आएर जबरजस्ती गर्ने र आफ्नो निजी फोटो र भिडियो गोप्य रुपमा खिचेर बारम्बार ब्लाकमेलिङ गरी आफ्नो बदनाम गर्न खोजेपछि न्यायको लागि प्रहरीकहाँ पुगेको उनले बताइन् ।

एकल महिलालाई जबरजस्ती करणी गर्ने गुरुङ लुम्बिनी विकास कोषका सल्लाहकार समेत भएका थिए ।

रुपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले भने कसैले चाहँदैमा मुद्दा प्रभावित नहुने बताए । ‘पीडित महिलाले दिएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धान चल्दैछ, अनुसन्धान सकेर मुद्दा अदालतमा जान्छ, कसैले चाहँदैमा मुद्दा प्रभावित हुन सक्दैन’उनले भने ।

सरकारी वकिल कार्यालयका प्रमुख यज्ञ ज्ञवालीले पीडक पक्षले सरकारी वकिललाई भेटेको विषयमा अनभिज्ञता प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply