क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

0

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा आइतबार त्रिभुवन शान्ति र अम्मरसिंह मावि विजयी भए ।

पोखरा रंगशलाामा भएको पहिलो खेलमा त्रिभुवन शान्तिले सिर्जना माविलाई ४ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिर्जनाले पूरा २० ओभरमा ६ विकेट गुमाएर १०२ रन बनाएको थियो । उसका लागि प्रनिशा अर्यालले १२ रन हानिन् । सिर्जनाले ७६ अतिरिक्त रन पाएको थियो । त्रिभुवन शान्तिको बलिङमा स्वीकृति गुरुङले २ विकेट लिइन् ।

जितका लागि १०३ लक्ष्य पाएको त्रिभुवनले १४.४ ओभरमा ६ विकेट गुमाएर खेल आफ्नो पक्षमा पार्न सक्यो । त्रिभुवनका अमिसा सुनारले अभिजित १३ तथा त्रिशना विकले १० रन बनाइन् । उसले पनि ६५ अतिरिक्त रन पाएको थियो । सिर्जनाका बलर दीपिका चौधरी, सुस्मिता पौडेल र सुस्मिता मगरले १÷१ विकेट लिए । खेलमा सिर्जनाकी स्वीकृति गुरुङ साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् । उनलाई आयोजक पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले पुरस्कृत गरे ।
अर्को खेलमा अमरसिंह माविले वाराही माविलाई ५ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको वाराहीले पूरा ओभरमा ८ विकेट गुमाएर ११९ रन जोडेको थियो । सुगिता कुमालले १० रनको योगदान दिएकी थिइन् ।

ग्रासरुटबाटै महिला क्रिकेटको विकासका लागि आयोजित प्रतियोगिता २१ वैशाखसम्म चल्नेछ

अमरसिंहको बलिङमा चन्द्रमाया बराल र सुस्मिता विष्टले समान २ विकेट लिए । प्रत्युत्तरमा अम्मरसिंहले १५.२ ओभरमा ५ विकेटको क्षतिमा विजय लक्ष्य प्राप्त ग¥यो । अमरसिंहका लागि ३७ रन बनाएकी चन्द्रमाया साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् । सुस्मिता विष्टले टिमका लागि २९ रन जोडेकी थिइन् । वाराहीका कुसुम राइले २ विकेट लिएकी थिइन् ।

वैशाख १५ देखि २१ सम्म सञ्चालन हुने प्रतियोगितामा पोखरा क्षेत्रका ९ विद्यालयले भाग लिएको प्रतियोगिताका संयोजनकर्ता पोखरा महानगर क्रिकेट समिति अध्यक्ष वीरेन्द्र पुनले बताए ।

महिला क्रिकेटलाई प्राथमिकतामा राख्दै ग्रासरुटबाट क्रिकेट विकास गर्न तथा विद्यालयबाट पनि होनहार प्रतिभाको खोजी गर्दै सन् २०२७ मा हुने टि–ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समिति अध्यक्ष गोदारले बताए । कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिता महिला क्रिकेट विकासमा सघाउ पुग्ने बताउँछन् । प्रतियोगिताको मुख्य प्रायोजक कंकारु एजुकेसन फाउन्डेसन हो ।

सहभागी टिमलाई ३ समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइएको छ । विद्यालयले कम्तीमा २ खेल खेल्न पाउने छन् । लिग चरणमा शीर्षस्थान हासिल गर्ने हरेक समूहबाट एक विद्यालय सेमिफाइनल प्रवेश गर्नेछ । शीर्ष ३ मध्ये उच्च रनरेट प्राप्त टिम सिधैँ फाइनलमा पुग्नेछ ।

विजेता तथा उपविजेता टिमले ट्रफी, मेडल प्रमाणपत्र पुरस्कार पाउने छन् । हरेक खेलमा उमन अफ द म्याच, उमन अफ द सिरिज, बेस्ट व्याट्सउमन, वेस्ट बलर लगायतलाई छुट्टाछुट्टै पुरस्कार व्यवस्था छ ।

Leave a Reply