प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

0

पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ ।

संघले साहित्यकार प्रकट पगेनी ‘शिव’को निधनप्रति श्रद्धाञ्जली सभासहित विविध कार्यक्रम आयोजना गरेको हो ।

संघले संघद्वारा जनचेतना अभिवृद्धिका लागि निर्माण गरिएको ‘प्रतिबद्धता’ फिल्मका नायक प्रकट पंगेनी ‘शिव’को स्मरण गर्दै श्रद्धाञ्जली सभा गरेको संघका अध्यक्ष विश्वमोहन गौचनले बताए ।

यसैगरी, संघले माछापुच्छे«–२, भुर्जुङखोलास्थित माछापुच्छे« मावि, भुर्जुङखोलामा पंगेनी अभिनीत चलचित्र ‘प्रतिबद्धता’ समेत प्रदर्शन गरेको छ ।
समारोहमा माछापुच्छे« मावि विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष गमबहादुर गुरुङ र प्रधानाध्यापक सन्तोष आचार्यले समुदायमा जनचेतना जगाउन र सचेतनाका महत्वपूर्ण भूमिका खेलेको बताए ।

माछापुच्छे«–२ का वडाध्यक्ष गणेश आचार्यलगायतले चलचित्र अवलोकन गर्नुका साथै समाजमा विद्यमान कुसंस्कार अझै राम्ररी निराकरण हुन नसकेको बताए ।

संघ अध्यक्ष गौचनले संघका गतिविधिलाई प्रभावकारी बनाउन साहित्यकार तथा कलाकार प्रकट पगेनी ‘शिव’को योगदानको स्मराण् गर्दै उनको निधनले संघलाई अतुलनीय क्षति पुगेको बताए । सोही समारोहबीच संघले विद्यालयलाई २ कार्टुन सेप्टी प्याडसमेत वितरण गरेको छ ।

Leave a Reply