समाचार संकलनका क्रममा अनलाइनखबरकर्मी चौधरीमाथि दुर्व्यवहार

0

सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा पुरस्कार वितरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ।

२० वैशाख, काठमाडौं । समाचार संकलनका लागि राष्ट्रिय सभागृह पुगेका अनलाइनखबरकर्मी सहदेव चौधरीमाथि दुर्व्यवहार भएको छ ।

समाचार संकलनका क्रममा बिहीबार दिउँसो सुरक्षाकर्मीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको हो ।

सूचना सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा भइरहेको कार्यक्रममा तस्वीर खिच्दा दुर्व्यवहार भएको चौधरीले बताएका छन् ।

भीआईपी प्रोटोकललाई ध्यानमा राखेर तस्वीर लिंदै गर्दा प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले दुर्व्यवहार गरेको उनको भनाइ छ ।

‘सरकारी सञ्चार माध्यमबाहेक निजी सञ्चार संस्थाका फोटो पत्रकारलाई तस्वीर लिन अवरोध गर्ने, पत्रकारलाई दुर्व्यवहार गर्ने, थुन्नेसम्मको धम्की दिने कार्य निन्दनीय छ । पत्रकारलाई दुर्व्यवहार गरेको घटनाको छानबिन गरी दोषी सुरक्षाकर्मीलाई कारबाही गर्न प्रेस युनियन माग गर्दछ,’ महासचिव दिलिप पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी प्रविधि पत्रकार मञ्चले पनि उक्त घटनाप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply