०८४ मा भोट माग्नै नपर्ने गरी काम गर्नेछु : सुहाङ नेम्बाङ

0

१८ वैशाख, काठमाडौं । इलाम २ बाट निर्वाचित एमाले उम्मेदवार सुहाङ नेम्बाङले २०८४ मा हुने आम निर्वाचनमा भोट माग्नै नपर्ने गरी काम गर्ने बताएका छन् ।

निर्वाचनको नतिजापछि नेकपा एमालेले इलाम २ मा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्बाङले इमान्दार भएर जनताको पक्षमा काम गर्ने बताएका हुन् ।

‘म कसैलाई गाली गर्नेछैन । कसैलाई गलत भन्ने छैन । अरुलाई नराम्रो नदेखाइ आफूले राम्रो काम गर्नेछु,’ उनले भने, ‘०८४ को चुनावमा भोट माग्नै नपर्ने गरी काम गर्नेछु ।’

नेम्बाङले आफूले पाएको मत र भरोसाको एकएक हिसाब गर्दै अगाडि बढ्ने बताए । उनले भने, ‘तपाईंहरूलाई कहिल्यै पनि पछुतो हुन दिनेछैन । तपाईंहरूको सल्लाह सुझावमै अगाडि बढ्ने छु । काम गरेर देखाउने छु ।’

नेम्बाङले अग्रजले व्यवस्था परिवर्तन गरेर धरातल बनाइदिएको र आफूलगायत युवा नेताले त्यही धरातलमा टेकेर सामाजिक र आर्थिक अवस्था परिवर्तन गर्ने बताए । उनले भने, ‘हाम्रो बुबाहरूको पुस्ता र अग्रज नेताले मुलुकका व्यवस्था परिवर्तन गरेर हामीलाई सुनौलो व्यवस्था दिनुभएको छ । यसमा टेकेर अब हामी मुलुकलाई समृद्धि बनाउने छौं ।’

नेम्बाङले समाजलाई इन्द्रेणीको उदाहरण दिएर चर्चा गरे । उनले भने, ‘सात रंग मिलेर इन्द्रेणी बनेजस्तै हामी सबै मिलेर यो समाज बनेको छ । सबै समुदाय र जातको पहिचानको हक, अधिकार सुनिश्चित हुने संविधान बनेको छ । त्यसैले कसैलाई भ्रममा नपर्न म आग्रह गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply