कुराँश टोली भारत प्रस्थान

0

५ वैशाख, काठमाडौं । प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बुधबार भारतको केरला प्रस्थान गरेको छ ।

अप्रिल १९ देखि २१ तारिखसम्म हुने प्रतियोगिताको सिनियर पुरुष ८१ केजीमुनि योगेन्द्र विष्ट, ७३ केजीमुनि पुजन श्रेष्ठ र ६० केजीमुनि अर्जुन क्षेत्रीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

महिलाको सिनियर ८७ केजीमाथि दीपिका अछाजु तथा जुनियरको ६३ केजीमुनि परी घर्ती क्षेत्री र ४४ केजीमुनि दीक्षा मगरले प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षक तथा निर्णायकमा प्रवीणकाजी श्रेष्ठ तथा व्यवस्थापकमा ग्याल्जेन शेर्पा छन् । टोलीलाई सफलताको शुभकामना दिंदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कुराँश संघका अध्यक्ष ध्रुवराज न्यौपानेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply