चीनमा हुने उसु प्रतियोगितामा १४ नेपाली खेलाडी सहभागी हुँदै

0

७ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा हुने ‘अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४’ मा नेपालले भाग लिने भएको छ ।

अप्रिल २१ देखि २६ सम्म चीनमा हुने प्रतियोगितामा नेपालबाट १४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा थाउलोतर्फ विजय सिंजाली, दीपक हमाल, पासाङ शेर्पा, राजीव तामाङ, निमा घर्ती मगर, सबिता राई छन् ।

यस्तै सान्सोतर्फ किरणसिंह साउद ५० केजी, सञ्जीव महर्जन ८० केजी, समन घुस्री ६० केजी, अमर सुनार ६५ केजी, रोहित चुनारो ५६ केजीले सहभागिता जनाउने भएका छन् ।

महिलामा विद्या गुरुङ ५६ केजी, नविना विक ५२ केजी र लुमन्ती श्रेष्ठ ६५ केजीमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीको व्यवस्थापकमा उसु महासंघका महासचिव समेत रहेका लाक्पा छिरिङ लामा छन् ।

यस्तै प्रशिक्षकमा पुरुषतर्फ निकेश श्रेष्ठ तथा महिलातर्फ जुनी राई र करुणा महर्जन छन् भने साम्देन शेर्पा अब्जरभरमा छन् ।

यस प्रतियोगिताबाट छनोट हुने खेलाडीले आगामी अक्टोबरमा जापान र नोभेम्बरमा अष्ट्रेलियामा हुने उसु वर्ल्ड कपमा सहभागी हुने पाउन नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङले जानकारी दिए ।

नेपाली खेलाडी तथा अफिसियललाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार शुभकामना दिंदै बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply