पाल्मरको ४ गोलमा चेल्सीको शानदार जित

0

४ वैशाख, काठमाडौं । कोल पाल्मर एक्लैले चार गोल गरेपछि चेल्सीले प्रिमियर लिगमा एभरटनलाई ६–० ले हराएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा २१ वर्षीय पाल्मरले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । उनले १३औं, १८औं र २९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यस्तै दोस्रो हाफमा पेनाल्टीमा गोल थपे ।

निकोलस ज्याक्सनले ४४औं र अल्फी ग्रिक्रिस्टले ९०औं मिनेटमा गोल गरे ।

जितपछि चेल्सीले ३१ खेलबाट ४७ अंक जोडेको छ र नवौँ स्थानमा छ । एभरटन ३२ खेलबाट २७ अंकसहित १६औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय
Advertisment

Leave a Reply